
एजेन्सी : एक महिलाले विवाहपछि शारीरिक सम्बन्ध गर्न नमानेपछि तनाव भएको छ । भारत, उत्तर प्रदेशको मुरादाबादमा एक दुलहीले हनिमुनमा शारीरिक सम्बन्ध राख्न अस्वीकार गरेकी छन् ।
यस घटनामा अचम्मको कुरा के छ भने बेहुला र बेहुलीबीच विगत चार वर्षदेखि प्रेम सम्बन्ध चलिरहेको थियो । दुवैको परिवार यो विवाहका लागि तयार थिएन । तर छोराछोरीको प्रेमका अगाडि परिवारले हार मानेर धूमधामसँग विवाह गर्नुपर्यो ।
तर हनिमुनमा दुलहीले शारीरिक सम्बन्ध राख्न अस्वीकार गरेपछि सबै चकित छन् । हनिमुनमा बेहुलीले श्रीमानलाई शारीरिक सम्बन्ध राख्न पटक्कै मन नपर्ने बताइन् । सुरुमा, दुलहाले ठट्टा गरिरहेको सोचे । तर दुलहीले आफूले कुनै पनि हालतमा शारीरिक सम्बन्ध नराख्ने स्पष्ट पारिन् । सम्बन्ध राख्न विल्कुल मन नलाग्ने भन्दै केटालाई स्पष्ट जवाफ दिइन् । यो सुनेर बेहुला छाँगाबाट खसेजस्तै हुनुपर्यो ।
परिवारका सदस्यले युवतीलाई धेरै सम्झाए तर उनले मानिनन् । उनले निरन्तर शारीरिक सम्बन्ध राख्न अस्वीकार गरिरहेकी थिइन् । प्रेम विवाहपछि दुलहीको हनिमुन नमनाउने निर्णयले सबै छक्क परेका छन् । यो गम्भीर विषयलाई स्थानीय पञ्चायतमा समाधान गर्ने प्रयास गरियो । तर दुलही आफ्नो जिद्दमा अडिग रहिन् । त्यसपछि ससुराले बुहारीलाई महिला उत्थान केन्द्रमा लगे । त्यहाँ बेहुलीलाई काउन्सिलिङ गरियो ।
तर त्यहाँ पनि उनले शारीरिक सम्बन्ध राख्न अस्वीकार गरिन् । त्यसपछि दुवैले आ–आफ्नो इच्छाले यो सम्बन्ध अन्त्य गर्ने निर्णय गरे । नारी उत्थान केन्द्रकी काउन्सिलर रितु नारङले यो प्रेमकथा भएको बताउनुभयो । जसमा केटी र केटाबीच विगत ४ वर्षदेखि प्रेम सम्बन्ध चलिरहेको थियो । युवतीले आफ्नो प्रेमीलाई विवाह नगरे विष खाएर आत्महत्या गर्ने बताएकी थिइन् । केटीले केटाकी आमा र भाउजुलाई पनि सो कुरा भनेको खुलेको छ । यति मात्र होइन, युवती ससुराको घर गएर बिहे नगरे विष खान्छु भन्थिन् ।
त्यसपछि केटाले भने, ‘ठीक छ, हामी बिहे गर्छौं ।’ केटाकी आमा केटीका परिवारका सदस्यकहाँ गइन् । उनीहरुले बिहेको कुरा उठाए । केटी पक्षका मानिसहरू यो बिहेका लागि तयार थिएनन् । तर छोरीको आग्रहसामु उनीहरु पराजित हुनुपर्यो । दुवै परिवारले खुशीसाथ छोराछोरीको विवाह गर्दियो । विवाहपछि हनिमुन भएको दिन युवतीले भनिन्, ‘म कम्फर्टेबल छैन’ अर्थात् ‘म शारीरिक सम्बन्धका लागि तयार छैन ।’ जबकि दुवैको प्रेम सम्बन्ध चार वर्षसम्म चलेको थियो । ती युवतीको उमेर २३ वर्ष भएको बताइएको छ ।
काउन्सिलर रितु नारङका अनुसार केटाले केटीलाई असाध्यै माया गर्छन् । केटाले केटीलाई भने, ‘तिमीलाई जब सहज हुन्छ मलाई भन ।’ त्यसपछि नवदुलही घुम्न आफ्नो माइतीघर गइन् । फर्केर आउँदा श्रीमानले सोधे के समस्या छ ? त्यसपछि उनले भनिन्, ‘मलाई शारीरिक सम्बन्धका लागि खुबै डर लाग्छ । म शारीरिक सम्बन्ध राख्दिन ।’
जवाफमा केटाले भने, ‘केही फरक पर्दैन, उपचार गराउँछौँ ।’ यसबीच केटाले केटीमाथि कुनै गलत व्यवहार गरेनन् । भाउजुले तिमीलाई डाक्टरकहाँ लैजानुहुन्छ भनेर निस्के । युवतीलाई डाक्टरकहाँ लगियो । केही समय उनको उपचार पनि चल्यो । उपचारपछि उनी घर नगई माइत गइन् ।
माइतीमा पुगेर उनले आमालाई आफू शारीरिक सम्बन्धदेखि डराउने गरेको कुरा सुनाइन् । उनले आमासँग भनिन्, ‘म ससुराली घर फर्किन चाहन्न ।’ आमाले धेरै सम्झाइन्, डाक्टरलाई समेत देखाइन् । ती युवतीको उपचार करिब ३–४ महिना चल्यो तर केही हुन सकेन् ।
युवतीले ४ वर्षसम्म केटालाई प्रेम गरेपछि विवाह गर्ने लत बसेको काउन्सिलर रितु नारङले बताउनुभयो । त्यसपछि सम्बन्धविच्छेद गर्न जिद्दी गर्न थालिन् । सबैतिरबाट पार नलाग्ने देखिएपछि केटीलाई भनियो, ‘तिमीलाई यो कुरा थाहा थियो भने पहिल्लै केटालाई किन नभनेको ? किन बिहे गर्न मन लाग्यो ? दुई परिवारलाई किन दुःद दिएको ?’
यस विषयमा दुवै परिवारबीच गम्भीर छलफल भयो । तर दुवैले एकअर्काको परिवारलाई दोष दिएनन् । यस विषयमा दुवै पक्षको धारणा एउटै थियो । युवतीकी आमाले यस प्रकरणमा आफ्नी छोरीको गल्ती भएको जानकारी दिइन् । उनी केटाको जीवन बर्बाद नहोस् भन्ने कामना गर्छिन् । उनका अनुसार केटा धेरै राम्रो छ ।
केटाले आफ्नो परिवारलाई धेरै साथ दिएको कुरा पनि उनले स्मरण गरिन् । परिपक्क उमेर भएका कारण दुबैले सोच विचार गरेर अलग हुनुपर्ने उनको तर्क थियो । यो सबै हुँदा पनि केटा सम्बन्धविच्छेदका लागि तयार थिएनन् । यहाँसम्म कि उनले ती केटीसँग जीवनभर शारीरिक सम्बन्ध नगर्ने वाचा पनि गरिसकेका थिए । तर केटी सँगै बस्न तयार भइनन् । केटाले म उपचार गराउँछु भनेर अनुरोध गर्दा पनि युवतीले कुनै पनि हालतमा साथमा नबस्ने कुरा अगाडि राखिन् ।
काउन्सिलर रितु नारङका अनुसार युवतीको दिमाग केही सन्तुलनमा नरहेको कारण समस्या देखिएको हो । उनले पहिला प्रेममा जिद्दी गरिन्, दोस्रो जिद्दी विवाह गर्दा देखाइन् । तेस्रो जिद्दी उनले सम्बन्धविच्छेदको लागि गरिरहेकी थिइन् । रितुले युवतीको परिवारलाई राम्रो डाक्टरकहाँ देखाएर छोरीको तत्काल कतै बिहे नगर्न सल्लाह दिनुभयो । किनभने यसले अर्को घरलाई पनि खराब बनाउछ । किनकि उनीहरुका अझैं दुई छोरीहरू छन्, जसको विवाह भैसकेको छैन् । पहिले राम्ररी उपचार गरेर मात्रै बिहेको बारेमा सोच्न भनिएको छ ।