महोत्तरी : बर्दिबास नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शुक्रबार स्वागत तथा सम्मान गरिएको छ ।

बर्दिबास नगरपालिका-९ स्थित पशुपतिनगर सामाजिक उधमी महिला सहकारी संस्थाले एक कार्यक्रमबीच बर्दिबास नगरपालिकाका उप-प्रमुख तारा कुमारी महतो, बर्दिबास नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष घुरण महतो, वडा सदस्य जबाहरलाल महतो, महेन्द्र महतो, दिल माया पुलामी मगर र सीता देवी महरा लगायतको जनप्रतिनिधिगरुलाई सहकारीले सम्मान गरेका छन् ।

उक्त सहकारी संस्थाका वरिष्ठ सल्लाहकार भिम बहादुर आलेले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै भने यो सहकारी एउटा हेफरबाट सुरु भएर एउटा सहकारीको रुपमा परिवर्तन भएको छ । पशुपतिनगर, किशाननगर प्रेमनगर जस्ता ग्रामीण क्षेत्रमा यो सहकारिले कृषि क्षेत्रमा विभिन्न किसिमको काम गरेको साथै यो सहकारिले आतनिर्भर बनाउदै आएको उनले बताए । सल्हाकार आले थप्दै भने सहकारीले उत्पादन गरेको दुध अब महोत्तरी लगायत विभिन्न स्थानमा बजारीकरणमा टेबा पुर्‍याउन सभल भएको हो । यस भेगमा मधेसी महिला दिदिबहिनीहरुलाई आत्मनिर्भर बनाउदै आएको हो । सुरुमा केही नभएको सहकारीमा अहिले किशानहरुका लागि चिसयान केन्द्र बनाउने क्रममा रहेको छ । अगामी दिनमा किशानहरुका लागि तरकारी केन्द्र रुप लैजाने बताए ।

नवनिर्वाचित उप-मेयर तारा देवी महतोले तराईका उत्तरी भेगमा रहेको बर्दिवास नगरपालिका-९ पशुपतिनगर एउटा तरकारी उत्पादनका लागि प्रख्यात रहेको छ तर किसानले समयमा सिचाई तथा मल नपाएर किसानले दुख भोग्दै आएका थिए तर आउने दिनमा यस्तो समस्या नहुने बताइन् ।

पशुपतिनगरमा ९० प्रतिशत किसानहरु कृषिमा आबद्ध रहेका हुनाले किसानहरुका नगरले प्राथमिकताका साथ बाजेट बिनियोजन गर्नु पर्ने बर्दिबास नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष घुरन महतोले माग गरेका छ्न। उनले भने यस वडाम किशानहरुका लागी यस सहकारी मर्फत अबको दिनमा खाद्यमल उपलब्ध गराउने बताए ।

bardibas-9-nepalvani12


२०७९ जेष्ठ २०, शुक्रबार १८:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय