काठमाडौं: काठमाडौं महानगर र सिसडोल–बञ्चरे डाँडाबिच काठमाडौंको फोहोर उठाउने सहमति भएको छ ।

राति १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीयदेखि वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

दुई पक्षबिच फोहोर ढुवानी रातिको समयमा गर्ने, रातिको लागि आवश्यक पूर्वाधार बत्ती तथा बाटोको निर्माण तीन महिनाभित्र गर्ने, सिसडोल र बञ्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, सहरी विकास मन्त्रालयमा भएको प्रतिबद्धताको कार्यान्वयन गर्न पहल गर्ने लगायतका १८ बुँदे सहमति भएको हो ।

सहमति अनुसार शुक्रबारदेखि नै उपत्यकाको फोहोर विसर्जनको अवरोध हटाइने भएको छ ।

२०७९ जेष्ठ २७, शुक्रबार ०६:३०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय