काठमाडौं : नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ५१ किलो लागऔषध हेरोइनसहित ७ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

व्युरोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै त्रिभुवन विमानस्थल र ठमेल वरपरका क्षेत्रमा निगरानी र अनुसन्धान गर्दा सातजना दक्षिण अफ्रिकाका महिलालाई पक्राउ गरिएको जनाएको हो ।

उनीहरु विभिन्न मितिमा फ्लाई दुबई र कतार एयरवेजबाट काठमाडौं आएको खुलेको छ । उनीहरुबाट सेतो हिरोइन ४९ किलो र खैरो हिरोइन २ किलो बरामद भएको प्रहरीले जनाएको छ ।

जसको अवैध बजार मूल्य १ अर्ब दुई करोड रहेको व्युरोका कार्यालय प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।

पक्राउ परेका विरुद्ध लागऔषध नियन्त्रण ऐन २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

arrest3_nepalvani

२०७९ असार २, बिहीबार १७:२९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय