फाइल फोटो/नेपालवाणी

काठमाडौं : भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । विहीबार (आज) पठाएको मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढेको छ ।

निगमका अनुसार आईओसीले पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ ३० पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ ९१ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको हो ।

नयाँ मूल्य सूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा, डिजेलमा ३७ रुपैयाँ १६ पैसा र हवाई इन्धन आन्तरिकमा २ रुपैयाँ ७० पैसा घाटा रहेको छ ।

त्यस्तै आजको नयाँ मूल्य सूची अनुसार ग्यासमा प्रतिसिलिन्डर ७ सय ५१ रुपैयाँ १४ पैसा घाटा छ । हवाई इन्धन अन्तर्राष्ट्रिय र मट्टितेलमा केही नाफा भएपनि समग्रमा १५ दिनको घाटा ४ अर्ब ८१ करोड पुगेको निगमले जनाएको छ ।

२०७९ असार २, बिहीबार २०:५५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय