
मिर्चैया : विश्वसहित नेपालमा पनि लोकप्रियता र विश्वसनीयता हासिल गर्न सफल भएको व्यावसायिक गाडी बनाउने कम्पनी आइशर मोटोर्सको मिर्चैयामा सर्भिस क्याम्प सञ्चालन हुने भएको छ ।
सिरहाको मिर्चैया नगरपालिका ९ स्थित ढोरनामा अवस्थित अटो मार्ट एजेन्सी प्रालिको सहकार्यमा आइशर मोटरसको आधिकारिक सर्भिसिङ्ग सेन्टरमा दुई दिने सर्भिस क्याम्प सञ्चालन हुने भएको हो । आइशर मोटर्स र अटो मार्ट एजेन्सी प्रालिको सहकार्यमा यहि असार १२ गते देखि १४ गते क्याम्प सञ्चालन हुनेछ ।
विषेश छुट दिने गरी सञ्चालन हुन गइरहेको सर्भिस क्याम्पमा आइशरका विभिन्न व्यावसायिक गाडी ट्रक, टिपर, बस इत्यादिको सर्भिस गरिने अटो मार्ट एजेन्सी प्रालिका सञ्चालक मनिष कुमार साहले जानकारी दिए ।
क्याम्पमा लुब्रिकेन्ट र पार्ट्समा १० प्रतिशत छुट र गाडी सर्भिस चार्जमा ५० प्रतिशतसम्मको छुटको व्यवस्था रहेको छ । गाडी सर्भिसिङ तथा अन्य जानकारीको लागि मोबाइल नम्बर ९८१८४५१००७ मा सम्पर्क गर्न सकिनेछ ।