
महोत्तरी : महोत्तरीका पत्रकार ललन मण्डललाई दुर्व्यवहार गरी कुटपिट गरिएको छ ।
न्यूज २४ महोत्तरीका समाचारदाता तथा बर्दिवास नगर पत्रकार संजालका अध्यक्ष ललन मण्डलमाथि सोमबार गौशाला बजारमा केहि व्यक्तिहरुले निर्घात कुटपिट गरेको छ ।
स्थानीय दुई पक्ष बीच लेनदेनको विषयमा भएको विवादको रिपोर्टिंग गर्न पुगेका पत्रकार मण्डल र उनको सहयोगी अन्जित चौधरीमाथि सर्लाहीको ब्रहमपुरी गाउँपालिका घर भई हाल भारतका सोनबर्शा बस्दै आएका मिटर ब्याजी संजय रौनियार र उनका सहयोगी अशोक यादव र गौशाला नगरपालिका बस्ने राम विश्वास यादव (बिष) लगायत व्यक्तिहरुले कुटपिट गरेका छन् ।
पत्रकार मण्डलले आफू माथि भएको कुटपिट गर्ने विरुद्ध इलाका प्रहरी कार्यालयमा गौशालामा उजुरी दर्ता गराएका छन् ।
इलाका प्रहरी कार्यालय गौशलाका सइ त्रिभुवन साहले आरोपित मध्ये संजय रौनियारलाई BR06 ER 1723 नम्बरको भारतिय सकारपिओ गाडी सहित साउन ९ गते साँझ नै नियन्त्रण लिएको र अन्य दोषी फरार रहेकोले खोजतलास भइरहेको बताए ।
यसैबीच पत्रकार सम्बद्ध संघसंस्थाहरुले घटनामा संलग्न दोषीलाई अबिलम्ब पक्राउ गरि कानुनी कार्वाहीको माग गरेका छन् ।