मिटरब्याजी अनिरुद्ध साह

जनकपुरधाम : प्रहरीले मिटरब्याजी अनिरुद्ध साहलाई घरबाटै नियन्त्रणमा लिएको छ ।

गएराति भङ्गाह नगरपालिका-५ सिद्धपुर घर भएका साहलाई प्रहरीको टोलीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार चर्को ब्याजदरमा ऋण लगानी तथा ठगी जालसाजी गरेको आरोपमा साहलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेको साह माथि ठगि मुद्दा चलाउने तयारी भइरहेको महोत्तरीका एसपी कृष्णप्रसाद पङ्गेनीले बताउनु भयाे ।

लामोसमयदेखि यस्ता कार्यमा संलग्न साहले भङ्गाह नगरपालिका लगायत महोत्तरी, धनुषा, सर्लाहीदेखि झापासम्मका व्यक्तिलाई ऋण लगानी गर्ने गरेकाे पाइएकाे प्रहरीले जनाएकाे छ ।

साहले गरिब तथा विपन्न परिवारलाई परेको अप्ठ्यारोको मौका छोपेर चर्को ब्याजमा अर्थात १२ गुणासम्मको तमसुक बनाउने, साँवाको ब्याजको स्याजसमेत असुल गर्ने र कानुनी प्रक्रियाबाट सम्पत्ति हडप्ने कार्यमा लामो समयदेखि संलग्न रहेको प्रहरीले जनाएको छ।

२०७९ भाद्र ५, आईतवार १५:५४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय