
काठमाडौं : काठमाडौं महानगर क्षेत्रभित्रका अनधिकृत संरचना हटाउन युद्धस्तरमा खटिएका महानगर प्रमुख बालेनसहितको टोली बिहीबार बानेश्वर क्षेत्रमा पुगेका छन् ।
प्रहरीको टोली सहित पुगेका बालेनले बानेश्वर क्षेत्रमा रहेका अवैध संरचना खाली गर्न निर्देशन दिएका छन् । बालेनले शंखमुलस्थित व्यवसायिक भवनको पार्किङमा सञ्चालित बर्गर हाउस हटाउन निर्देशन दिएका छन् ।
एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएपछि महानगरले ३५ दिने सूचना निकालेको थियो । ३५ दिनसम्म पनि नहटाएपछि महानगर आफैंले संरचना हटाउन थालेको हो ।
अनुगमनका क्रममा घरबेटीहरूले नियमविपरीत पार्किङका लागि बनाइएको बेसमेन्टमा मोटो रकमको लोभमा होटल, रेस्टुरेन्ट, पब तथा पसलहरू सञ्चालन गर्न दिएको पाइएको छ ।
टोलीले ३ घण्टापछि प्याकिङ गरेको नगरेको हेर्न आउने समेत बताएको छ । अन्डरग्राउन्डमा रहेका जुत्ता पसल, मोबाइल पसल, बुटिक लगायत क्षेत्रमा महानगरको टोलीले अनुमगन गरिरहेको छ ।
महानगरपालिकाले संरचना हटाउन लाग्ने सम्पूर्ण खर्च घरबेटीलाई भर्पाइ पनि गराउने भएको छ ।
आजै बानेश्वरको अल्फाबिटामा पनि बालेनले अनुगमन गर्दैछन् ।