चितनव : पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएकोछ। मंगलबार राति पहिरोले खसेर अवरुद्ध भएको सडकखण्ड बुधबार बिहानबाट सञ्चालनमा आएको हो।

भरतपुर महानगरपालिका २९ केराबारीमा पहिरो खसेर दुइतर्फी बाटो बन्द भएको थियो। पहिरो पन्छाएर दुइतर्फी सवारी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए।

लामो समय सडक अवरुद्ध हुँदा लामो जाम परेको थियो।

२०७९ भाद्र १५, बुधबार १०:२५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय