बर्दिबास : महोत्तरी बलवा नगरपालिकाको पूर्व मेयर तथा नेपाली कांग्रेसका महाधिवेश प्रतिनिधि तथा विनोद यादवले आफ्ना पार्टीका जिल्ला कार्य समिति महोत्तरी सदस्य ममता महतोलाई पार्टीको बैठक स्थलमा दुव्र्यहार गरेका छन् ।

महोत्तरीको लोहारपट्टीस्थित शिवचन्द्र भवनमा क्षेत्र नम्बर २ (क) प्रदेश निर्वाचन क्षेत्रिय कार्यसमिति बैठकमै नेता महतोले प्रदेशसभाको समानुपातिक तर्फ आफ्नो उम्मेदवारी दिएकी थिइन् । ‘किन उम्मेदवारी दिएको ? यो तिम्रोको बाउको पार्टी हो । तिमी यहाँबाट निस्किहाल’ भन्दै तमसिएर बैठक स्थलमा पूर्व मेयर यादवले कुटन आएको पीडित नेता महतोले बताएकी छिन् ।

२०७४ र २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनका बेला बलवा नगरपालिकाको उपमेयर पदमा पार्टीले दिएको टिकट पूर्व मेयर यादवको समूहले बाटैबाट खोसेको नेतृ महतोले बताइन् ।

विवादपछि बैठक स्थगित भएको छ ।

२०७९ भाद्र १६, बिहीबार २१:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय