
नेपालवाणी / महोत्तरी
नेपाली काँग्रेस महोत्तरीको सबै क्षेत्रबाट उम्मेदवार सिफारिसको काम सकेको छ ।
प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकतर्फका उमेदवारहरुको नाम जिल्ला कमिटीमा पठाएको हो ।
महोत्तरीमा कमजोर देखिएको नेपाली काँग्रेसले गत वैशाख ३० को स्थानीय निर्वाचनमा पराजित नेतालाई प्रदेशमा एकल सिफारिस गरेको छ ।
नेपाली काँग्रेसले बलवा नगरपालिकाको मेयरमा परजित नेतालाई महोत्तरी क्षेत्र नं. २ (क) निर्वाचन क्षेत्रबाट समानुपातिक उम्मेदवारको रुपमा एकल नाम सिफारिस गरेको छ ।
यादव गएको स्थानीय निर्वाचनमा बलवा नगरपालिकाको मेयरमा नराम्रोसंग पराजित भएका थिए ।
उनी ०७४ को स्थानीय निर्वाचनमा निर्वाचित थिए । तर यसपटक काँग्रेस नेत्री तथा केन्द्रिय सदस्य किरण यादवको जोडबलमा टिकट लिदा समेत हार बेहोर्नु परेको थियो ।