जनकपुरधाम : जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा टिकटोक भिडियो बनाउन गएका एक युवकलाई रामधुलाई गरिएको छ ।

राजा जनककी कुल देवी भनिएको राजदेवी मन्दिरमा आयोजक समितिले समेत टिकटोक बनाउन निषेध गरिएको बेला टिकटक बनाउन गएपछि धीरुभाई नामक युवकलाई रामधुलाई गरिएको हो ।

टिकटोकमा धीरुभाई नाम राखेर चलाउने धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर १ बघवन बस्ने ती युवकलाई टिकटोकमा निगरानी राख्ने युवकहरुले उनलाई कुटपिट गरेको हो ।

हिन्दुहरुको आस्थाको केन्द्र रहेको राजदेवी मन्दिरमा दर्शनार्थीहरुको भीडमा धीरुभाईले नियम निष्ठालाई मिचेर टिकटोक भिडियो बनाउन खोजेपछि सामुहिक रुपमा कुटपिट गरिएको हो । अश्लिल प्रकारको भिडियोहरु बनाएर टिकटक कम्यूनिटीमा चर्चामा आएका धीरुभाईलाई टिकटक बन्द अभियानकर्ताहरुले कुटपिट गरेको हुनुपर्ने बुझिएको छ ।

आयोजक समिति रहेको महावीर युवा कमिटिका स्वयँसेवकले उनलाई कुटपिट गरेको हुन सक्ने भनिएपनि कसले कुटपिट गरेको भन्ने बारे यकिन हुन सकेको छैनन् ।

भिडियोमा देखिए अनुसार उनलाई सामुहिक कुटपिटपछि राजदेवी मन्दिरबाट धक्का दिएर निकालिरहेको छ । दुई स्वयँसेवक जस्तो देखिने युवकले उनको माला समेत चुँडेर उठाएर बाहिर फाल्दै गरेको देखिएको छ ।

जानकारी अनुसार, यो घटना गएरातीको हो । मन्दिरभित्रै टिकटोक बनाउन खोजेपछि उनलाई धुलाई गरिएको जनाइएको छ ।

हेर्नुहोस् भिडियो !

२०७९ आश्विन १७, सोमबार १५:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय