(जनकपुरधाम विमान स्थलमा स्वागत गर्न पुगेकासंग फोटो खिचाउँदै पूर्व मन्त्री तथा निवर्तमान सांसद गिरिराजमणि पोखरेल ः गोविन्द महतो)

नेपालवाणी / जनकपुरधाम

आसन्न प्रतिनिधि र प्रदेशसभाका निर्वाचनको मनोनयन दर्ताका लागि नेकपा माओवादी केन्द्रका उप–महासचिव गिरिराजमणि पोखरेल महोत्तरी आईपुगेका छन् । भोली हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मनोनयन दर्ताका लागि पोखरेल बर्दिबास आईपुगेका हुन् ।

सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा महोत्तरीको क्षेत्र नं. १ बाट नेकपा माओवादी केन्द्रले गिििरराजमणि पोखरेललाई उम्मेदवार बनाएको छ । महोत्तरीको क्षेत्र नं. १ (क) बाट नेपाली काँग्रेसले टिकट पाएको छ भने (ख) मा माओवादी केन्द्रका वहालवला गृहमन्त्री भरत प्रसाद साहले टिकट पाएका छन् ।

‘उम्मेदवारी दिनका लागि काठमाण्डौंबाट भर्खर जनकपुरधाम विमान स्थल हुँदै बर्दिबास आईपुगेको छु, कार्यकर्ता उत्साहित छन्,’ गिरिराजमणि पोखरेलले भने, ‘मेरो कामको मुल्याङकनको आधारमा जनताले विश्वास गर्दै आएको छ । यहाँको जनता विश्वास म माथि छ र मैले विश्वास कहिल्यै पनि गुमाउन नदिने प्रतिबद्धताका साथ चुनावी मैदानमा ओर्लिएको छु ।’

पहिलो संविधानसभा २०६४ र २०७० को निर्वाचनमा प्रत्यक्ष तर्फ चुनाव जित्दै आएको पोखरेल पटक–पटक शिक्षा मन्त्री भईसकेका छन् । सादगी जीवनशैलीका कारण पोखरेल लोकप्रिय छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भोलि उम्मेदवार मनोनयन गर्ने कार्यक्रम छ ।

२०७९ आश्विन २२, शनिबार १८:३०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय