सप्तरी : सप्तरी क्षेत्र नम्बर–२ बाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबिरुद्ध जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उम्मेदवारी दिएका छन् ।

सो क्षेत्रमा डा. राउत एक्लै चुनाव लड्दैछन् भने जसपा अध्यक्ष यादवले नेकपा एमालेसँग तालमेल गरेका छन् ।

त्यस्तै, पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता जयप्रकाश ठाकुरले पनि उम्मेदवारी दिएका छन् ।

ठाकुरले २०७४ को निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिएर १० हजारभन्दा बढी मत ल्याएका थिए ।


२०७९ आश्विन २३, आईतवार १७:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय