नेपालवाणी / धनुषाधाम

नेपाल कम्युनिष्ठ पार्टी (एमाले) बाट धनुषाको क्षेत्र नं. १ (ख) बाट रामचन्द्र मण्डलको उम्मेदवारी परेको छ । नेकपा एमाले र जनता समाजवादी पार्टीको संयुक्त उम्मेदवारको रुपमा एमालेका केन्द्रिय सदस्य मण्डलको उम्मेदवारी परेको हो । ‘सुखी नेपाली, समृद्ध नेपाल, सुशासन र समाजवादको लागि गर्छु कमाल’ मूल नारा सहित मण्डल चुनावी अभियानमा होमिएका हुन् ।

नेकपा एमालेका जिल्ला ईन्चार्ज समेत रहेका मण्डलले क्षेत्रमा खानेपानी र सिंचाईको समस्या हल गर्न कोसीदेखि नारायणीसम्म चुरेको फेदमा नहर बनाएर त्यसलाई पानीको रिर्जभको टयाङ्कको रुपमा उपयोग गर्ने बताए । उनले भने, ‘जति नदीको बाहाबहरु छन् त्यस पानीलाई नहरको रुपमा विकास गरेर जग्गालाई सिचाईं गर्ने र त्यसबाट निस्केको जग्गा भूमिहिन किसानहरुको लागि वितरण गर्ने मेरो योजना छ ।’

निवर्तमान सांसद समेत रहेका मण्डल २०७४ मा सालको निर्वाचनमा बाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा विजयी भएका छन् । एमाले र माओवादीको एकतापछि बनेको नेकपालाई अदालतले पूरानै अवस्थामा फर्काएपछि रामचन्द्र मण्डलले नेकपा एमाले राजेका थिए । तर उनी माओवादी पृष्ठभुमीबाट आएको नेता हुन् ।

को हुन् (मास्टर साहेब) मण्डल ?

संविधानसभाको निर्वाचन देखि निर्वाचनमा होमिदै आएको मण्डल हाल नेकपा एमालेको अधिवेशनबाट निर्वाचित केन्द्रिय सदस्य हुन् । नेता मण्डललाई ’मास्टर साहेब’ भनेर चिन्ने गरिन्छ । उनी कक्षा १२ मा पढ्दै गर्दा कक्षा १२ कै विद्यार्थीहरुलाई पढाउने अद्भुत क्षमता देखेर उनलाई ’मास्टर साहब’ नाम राखिएको उनका सहपाठीहरु बताउँछन् । जुन नाम अहिलेसम्म पनि कायम छ । उनलाई प्रायः व्यक्तिहरुले ‘रामचन्द्र मास्टर साहेब’ भनेर बोलाउने गरेको छ ।

जनकपुरधाम क्षेत्रमा शिक्षाको मर्यादापालक भनेर समेत चिन्निछ । बाबु परमेश्वर मण्डल र आमा सितल्ली देवी मण्डलका छोरा रामचन्द्र २०३० साल साउन १७ गते धनुषाको परशुराम तलाउ (हाल मिथिलाविहारी नगरपालिका) धनुषामा जन्मेका हुन् । निम्न मध्यमवर्गीय परिवारमा हुर्केका कारण सानैदेखि अन्याय अत्याचार तथा निमुखा तथा अन्याय अत्याचार विरुद्ध संंघर्ष गर्दै आएका रामचन्द्र मण्डलले स्नातकोत्तर गरेका छन् ।

उनी २०४६ सालमा तत्कालिन नेकपा मालेको गाउँ कमिटीको सचिव हुदै २०५४ देखि ०६० सालसम्म शिक्षण पेशामा आवद्ध रहेका मण्डल २०५९ सालमा नेकपा माओवादीमा प्रवेश गरी भूमिगत भएका थिए । अखिल नेपाल शिक्षक संगठनका संस्थापकको रुपमा कार्य जिम्मेवारी पूरा गर्दै मण्डल २०६३ सालमा नेकपा माओवादीको जिल्ला ईन्चार्ज, सेक्रेटरी, केन्द्रिय सदस्य, पोलिटब्यूरो सदस्य हुदै सचिवालय सदस्य समेत थिए । पछि बाम एकतापछि उनी एमालेमा लागेका थिए । हाल एमालेबाटै प्रदेशसभा सदस्यका उम्मेदवार हुन् ।

२०७९ आश्विन २५, मंगलवार १५:२५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय