काठमाडौं : हिन्दुहरुको महान आस्थाको पर्व छठ मनाउनको लागि काठमाण्डौ को रानीपोखरीमा घाट लगायत अन्य कुराहरुको व्यवस्थापन गरिदिन मधेशी आयोगले काठमाण्डौ महानगरपालिकालाई पत्राचार गरेको छ |

आयोगकी उप-सचिव सबिता डंगोलले हस्ताक्षर गरेको पत्रमा रानीपोखरी को पुननिर्माण सकिएको र संचालन अवस्थामा रहेकोले गर्दा विगतझैँ यसवर्ष छठ मनाउन घाटको निर्माण गरी व्रतालुहरुलाई छठ पर्व मनाउन सहयोग गरिदिन पठाएकी काठमाण्डौ महानगरलाई आयोगले पत्र पठाएको छ |

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको स्वकीय सचिव दिपेन्द्र कर्णले जानकारी दिएको अनुसार आयोगमा विभिन्न संघ-संस्थाहरुले लिखित तथा मौखिक रुपमा छठ पर्वको लागि रानीपोखरीमा घाट निर्माणको लागि समन्वय गरिदिनुहुन निवेदन दिएपछि आयोगका अध्यक्ष डा.दत्तको निर्देशनमा आयोगले काठमाण्डौ महानगरलाई पत्राचार गरेको छ |

 

पत्र

२०७९ आश्विन २५, मंगलवार २०:४०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय