नेपालवाणी / जनकपुरधाम

दलित सिमान्तृकहरु माथि उपल्लो समूदाय र दलितलाई दलितले नै विभेद गरेका कारण गरिब दलितको उत्थान हुन नसकेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । जनकपुरधाममा आयोजित एक कार्यक्रममा सहभागि वक्ताहरुले दलित र सिमान्तृक समु्दायका व्यक्तिलाई अन्य जातले र दलितहरु माथि अझ दलितले नै भेदभाव तथा छुवाछुत गर्ने भएको कारण वास्तविक गरिब दलित अझ पिछिडिएको बताएका हुन् ।

नेपाल पिस ईनिसेटिभ ईन्सिेसटन (एनपिआई) को आयोजनामा आयोजित जनकपुरधाममा डा. मान बहादुर विश्वकर्माले गरिबी, बेरोजगारी तथा मानव विकासको सूचाङकको हरेक दृष्टिकोणबाट मधेश र कर्णाली प्रदेश पिछिडिएको बताए । उनले भने, ‘जहाँ गरिब, दलित तथा सिमान्तकृतको जनसंख्या छ त्यो प्रदेश पिछिडिएको छ, कारण एउटै हो त्यो गरिबी । कोही मान्छे धेरै धनि भएका छन् कोहीलाई खाने, लाउने सम्ममा समस्या छ, अनि गरिबी विभेद कसरी हटछ ?’

उनले निर्वाचन प्रणालीमा दलितको व्यवस्था भएपनि नेपाल भरि रहेको कूल १३ प्रतिशत दलित मध्ये समावेशी, समानुपातिक प्रतिनिधित्व हुन नसकेको कारण समेत पिछिडिएको बताए । उनले मधेशमा १७.२ र कर्णालीमा २७.२ प्रतिशत दलित भएपनि जनसाख्यिकी हिसाबले प्रतिनिधित्व नभए सम्म समाज, देश र प्रदेशको विकास सम्भव नहुने बताए । उनले नेपालमा ४४ प्रतिशत भुमिहिन दलितसंग आफ्नो घडेरी नभएकोले अरुको जग्गा वा सार्वजनिक जग्गामा बसोबास गर्दै आएको तथ्याङ्क प्रस्तुत गरे । अझ ९५ प्रतिशतको दलितको खेतीबारी अर्थात आफ्नै जग्गा नभएको तथ्याङ्क प्रस्तुत गरे ।

एनपआईकी कार्यक्रम संयोजक अंकिता सिंहको अध्यक्षतामा भएको कार्यक्रममा डा. विश्वकर्माले नेपालको औषत आयु ७१ वर्ष भएपनि दलित समुदायका व्यक्तिहरु ५८ वर्षमै मृत्यु हुने गरेको तथ्याङ्क प्रस्तुत गरे । यस्तै ९५ प्रतिशत दलितलाई कोभिड १९ महामारीको समयमा खाद्यान्नमा समस्या भएको बताए । उनले भने, ‘जसरी पहिले दलितको प्रतिनिधित्व स्थानीय तह तथा प्रदेश र प्रतिनिधिसभा हुन्थ्यो त्यसको संख्या अहिले आएर ७५ प्रतिहत घटेको छ ।’

विनोद कुमार महराको उदघोषणमा भएको कार्यक्रममा अन्य सहभागि मानव अधिकारकर्मी तथा पत्रकारहरुले दलितको नाममा लड्नेहरु धनी भएपनि जसको लाठि लड्यो उसको अवस्था जहाँको त्यही रहन गएको बताए । दलितमा पनि दलित भित्रकै उपल्लो दर्जाका दलितका कारण तल्लो दर्जाका दलितमाथि विभेद गर्ने गरेको आरोप लगाए ।

२०७९ कार्तिक १, मंगलवार १८:३४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय