बर्दिवास : महोत्तरीको बर्दिवासमा स्लो-रेस प्रतियोगिता सम्पन्न भएको छ । बर्दिवास नगरपालिका वडा नम्वर १ स्थित श्री देउराली उच्च माध्यमित विद्यालयमा स्लो बाईक रेस प्रतियोगिता समपन्न भएको हो ।

स्लो रेस प्रतियोगिता कार्यक्रमका उद्घाटन बर्दिवास नगरपालिकाको नगर प्रमुख प्रहलाद कुमार क्षेत्रीले गर्नुभएको थियो । उद्घाटन कार्यक्रमकामा बोल्दै नगर प्रमुुखले भने, बर्दिवासमा प्रतिदिन सबारी दुुर्घटना भएको समाचार सुुनिन्छ यसका न्यूनीकरणका लागि बर्दिवास यूूथ क्लवले आयोजना गरेको उक्त जनचेतना मुुलक कार्यक्रम निकै प्र्रभाकारी रहेको बताए ।

अव आउने दिनहरुमा बर्दिवास नगरपालिकाको सबै वडाहरुमा यस्ता जनचेतना मुलक कार्यक्रम आयोजना गरिने बताए । उनले भने पूूर्व पश्चिम र विपि राजमार्ग सँग जोडिएको बर्दिवास सहरमा जनचेतनाका कारण मात्र वर्षेनी दर्जर्ना मानिस दुर्घटनामा परि अकालमै मृत्युु हुने गरेको छ ।

यूूथ क्लवको आयोजनामा तिन वर्ष देखि गरिरहका यस्ता प्रतियोगिताले युुवावर्गहरुमा जनचेतनाको बाटो देखाएको हुुनाले क्लवका सम्पूूर्ण सदस्यहरुलाई धन्यवाद व्यक्त गरे ।

बर्दिवास यूूथ क्लवको आयोजनामा ८० जाना सहभागी मध्य सबै भन्दा स्लो बाईल चालक योगेश महतो विजय भएको आयोजक टिमका संस्थापक अध्यक्षय सुदिप कार्कीले बताए ।

उनका अनुुसार प्रथम हुने महतोले खेलको कुुनै पनि नियमलाई नमिचिकन रेस सम्पन्न गरेका थिए ।

प्रथम हुनेलाई योगेश महतोलाई प्रमानप्रत्र र नगद रु.२२००० ,द्धितिय पुुरस्कार हासिल गर्न सफल दिनेश गौतमलाई नगद रु.११५०० र तृतीय पुुरस्कार हासिल गर्न सफल अर्जुुन खडकालाई नगद रु. ६५०० पुुरस्कार प्रदान गरिएको थियो । विजेता सम्पूर्णलाई नगरप्रमुुख प्रहलाद कुुमार क्षेत्रीको हात बाट पुरस्कार वितरण गरिएको आयोजक क्लवका अध्यक्ष कार्कीले बताए ।

२०७९ कार्तिक ८, मंगलवार १८:०८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय