महोत्तरी : नेपाली प्रजातान्त्रिक आन्दोलनका पुराना योद्धा जगन्नाथ यादवको ६५ वर्षको उमेरमा निधन भएको छ । महोत्तरीको लोहारपट्टी-१ बगडाका बासिन्दा यादवको आज बिहीबार बिहान झिसमिसेमा निधन भएको हो ।

पञ्चायती व्यवस्थाका अँध्यारा दिनमा मुलुकमा प्रजातन्त्र पुनस्र्थापनाका लागि नेपाली काँग्रेसमा आबद्ध भई यादव कैयौं आन्दोलनमा सरिक हुनुभएको थियो । पछिल्ला केही वर्षदेखि मधुमेहको स्वास्थ्य समस्याले ग्रस्त रहँदै आउनुभएका यादवको आफ्नै निवासमा निधन भएको हो ।

नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा यादवको निधनमा नेपाली काँग्रेस महोत्तरीका सभापति तथा स्व. यादवका छिमेकी नागेश्वर यादवले आपूm विद्यार्थी छँदा यादवकै अभिभावकत्वमा नेपाली काँग्रेसमा जोडिएको स्मरण गर्नुभएको छ । सभापति यादवले आज शोक विज्ञप्ति नै प्रशारित गरी स्व. यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

त्यसैगरी नेकपा एमालेका जिल्ला अध्यक्ष कालीचन्द्र साहले पनि शोक विज्ञप्ति जारी गर्दै स्व. यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।

स्व. यादवको अहिले नै स्थानीय (बगडास्थित) बिगहीघाटमा अन्तेष्टी गरिएको नेपाली काँग्रेस महोत्तरीले जनाएको छ । त्यसअघि स्व. यादवको पार्थिव शरीरमा सभापति यादवले नेपाली काँग्रेसको झण्डा ओढाइ सम्मान जनाउनुभएको थियो ।
स्व. यादवका पत्नी, छोराछोरी र नातिनातिना रहेका छन् ।

२०७९ कार्तिक १०, बिहीबार २०:१५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय