
धनुषा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज धनुषा आउने भएका छन् ।
सो पार्टीको तर्फबाट धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बनेका धर्मेन्द्र कुमार राय, धनुषा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बनेका चन्द्र शेखर कुमार राय, धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बनेका डा. रन्जित पन्जियार र धनुषा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बनेका सन्जय कुमार यादवको चुनावी प्रचारप्रसारमा सहभागी हुन आज लामिछाने धनुषा आउन लागेका हुन् ।
लामिछानेले धनुषाको महेन्द्रनगरमा बेलुकाको ४ बजे सम्बोधन गर्ने छ । त्यस्तै मुजेलियाबाट पिडारी चौक, रमानन्द चौक र होस्पिटल रोड हुँदै जानकी मन्दिर दर्शन र मन्दिरबाट रमानन्द चौक देखि जिरो माइल हुँदै विश्वकर्मा चौक, मुरली चौक, कदम चौक र भानु चौक, र शिव चौक हुँदै जनकचौक पुगेर सम्बोधन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी धनुषाका सभापति मनिष साहले जानकारी दिएको छ ।
उक्त क्षेत्रमा पार्टीका सभापति लामिछानेका शुभचिन्तकहरुको संख्या ठुलो रहेको र उनको आगमनले चुनावी माहोल आफ्नो पक्षमा अझ बढ्ने धनुषाका सभापति साहको विश्वास छ ।