आचारसंहिता विपरीतका प्रचार सामग्री हटाउँदै प्रहरी ।

राजविराज : निर्वाचन कार्यालयबाट खटिएको अनुगमन टोलीले बुधबार राजविराज बजार क्षेत्रमा आचारसंहिता विपरीत राखिएका निर्वाचन प्रचार सामग्री हटाएको छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक स्थानमा राखिएका झण्डा, टुल, व्यानर, झण्डाका तोरण, पोष्टर जिल्ला अनुगमन टोलीले हटाएको हो ।

चुनावी प्रचारको चरणमा प्रवेश गर्नासाथ उम्मेदवारहरुबीच प्रचार सामग्री झुण्ड्याउने होडबाजी नै चलेको थियो।

एकअर्काको देखासिकी गरेर सानादेखि ठूला पार्टीका उम्मेदवारसम्मले प्रचारशैली भड्किलो बनाउँदै लगेकाले अनुगमन र नियमनहुन जरुरी रहेको नागरिक समाजबाट आवाज उठेपछि आचारसंहिताविपरीत राखिएका झण्डा, तुल, व्यानर हटाइएको हो ।

सहरको स्वरुप नै बिग्रनेगरी आचारसंहिताविपरीत प्रचार सामग्री राखिएको उजुरी बढेपछि सार्वजनिक स्थान, चोक, बिजुलीको खम्बामा झुण्डाइएका झण्डा, टुल, व्यानर, तोरण र पोष्टर निर्वाचनअनुगमन टोलीले हटाउन सुरु गरेको जिल्ला अनुगमन अधिकृत शरणहरी लुइँटेलले बताए।

सर्वदलीय बैठकमा राजनीतिक दलहरुले लिखित प्रतिबद्धता गरेपनि आचार संहिताविपरितका प्रचार सामग्री नहटाएपछि अनुगमन टोलीले नै झण्डा, टुल, व्यानर हटाउन सुरु गरेको जनाइएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी उपरीक्षक अविनारायण काफ्ले, अनुमगमन अधिकृत लुइँटेल, जिल्ला निर्वाचन अधिकारी रमेश जोशीलगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरीको टोलीले प्रचार सामग्री हटाइरहेको लुइटेलले बताए ।

निर्वाचन आचार संहिता २०७९ मा धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थलवा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बावा संरचनालगायतका कुनै पनि सार्वजनिक स्थानमा पर्चा टाँस्न वा टाँग्न निषेध गरिएको छ ।

२०७९ कार्तिक २३, बुधबार १२:३०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय