काठमाडाैं : मेलबर्नमा भएको फाइनलमा पाकिस्तानलाई हराउँदै इंग्ल्यान्डले टि–२० विश्वकप उपाधि जितेको छ। आइतबार मेलबर्नमा भएको फाइनलमा पाकिस्तानलाई ४ विकेटले रहउँदै इंग्ल्यान्डले दोस्रो पटक टि–२० विश्वकप उपाधि जितेको हो।

यसअघि इंग्ल्यान्डले सन् २०१०मा अस्ट्रेलियालाई हराउँदै विश्वकप उपाधि जितेको थियो । योसँगै सर्वाधिक टि–२० विश्वकप उपाधि जित्ने वेस्टइन्डिजको कीर्तिमान पनि बरारबी गरेको छ।

इंग्ल्यान्डलाई विश्वकप उपाधि दिलाउने क्रममा बेन स्टोक्सले सम्महालिएको पारी खेले । उनले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गद्रै ५२ रनको इनिङ खेले ।

स्टोक्सको अर्धशतक मद्दतमा इंग्ल्यान्डले १३८ रनको सामान्य लक्ष्य १९ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । उसका स्टोक्सका अलावा कप्तान जोश बट्लसले २६, ह्यारी ब्रुक्सले २० र मोइन अलीले १९ रनको योगदान दिए।

मुख्य बलर साहिन शाह अफ्रिदी फिल्डिङका क्रममा घाइते भएपछि उनले अन्तिम २ ओभर बलिङ गर्न नक्दा त्यसको फाइदा इंग्ल्यान्डले लिएको थियो । फर्ममका रहेका बलर अफ्रिदीले त्यो दुई ओभर गरेको भए खेलको अवस्था फरक हुन सक्थ्यो।

पाकिस्तानका ह्यारिस रउफले २ तथा अफ्रिदी, शादब खान र मोहम्मद वासिमले समान १ विकेट लिए।

त्यसपघि इंग्लिस बलरले उत्कृष्ट प्रदर्शन गरेपछि पाकिस्तानले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १३७ रन मात्र बनाउन सकेको थियो । उसका लािग सान मसुदले सर्वाधिक ३८ रन बनाउँदा कप्तान बाबर अजामले ३२ र सादब खानले २० रन बनाए।

इंग्ल्यान्डका साम करणले ४ ओभरमा १२ रन मात्र खर्चेर ३ विकेट लिए भने अदिल रसिद र क्रिस जोर्डनले समान २ विकेट लिए।

२०७९ कार्तिक २७, आईतवार १९:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय