महोत्तरी : महोत्तरी जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि आज भएको निर्वाचन आमरूपमा शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको छ ।

मतदानमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायत सबै वर्ग, समुदाय, लिङ्ग र अवस्थाका मतदाताको उत्साहवद्र्धक सहभागिता भएको थियो ।

निर्वाचन शान्तिपूर्ण हुनुमा दल, उम्मेदवार र मतदाताको व्यवहार संयमित, सहयोगात्मक र शान्त भएको पाइएको छ।

बिहान प्रारम्भिक चरणमा मतदाताको पातलो उपस्थिति देखिए पनि दिउँसो मतदाताको चाप र उपस्थितिमा सुधार आएको थियो ।

यसै राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले निर्वाचन शान्तिपूर्ण रहे पनि विगतका निर्वाचन जस्तो मतदातामा उत्साह कम रहेको तथा मतदान प्रतिशत पनि घट्न सक्ने आकलन गरेको छ।

matdan_mahottari

ELection_chunab_vote_mahottari_bardibas_बर्दिबास महोत्तरी (8)

ELection_chunab_vote_mahottari_bardibas_बर्दिबास महोत्तरी (8)

२०७९ मंसिर ४, आईतवार १८:५८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय