जनकपुरधाम : प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनुषा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसका रामकृष्ण यादवले १ सय ५७ मतान्तर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

यादवले २० हजार १ सय १२ मत ल्याएर विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमाशंकर अरगरियाले १९ हजार ९ सय ५५ मत ल्याएर पराजय भोग्नु परेको छ ।

यस अघि जसपा नेपालबाट निर्वाचित भएका अरगरिया चुनाव अघि लोकतान्त्रिक समाजवादी पार्टी प्रवेश गरेर १८ दिने मन्त्री भएका थिए । पछि लोसपा त्यागेर एमाले प्रवेश गरेका अरगरियासँग यादवको कडा प्रतिस्पर्धा भएको थियो ।

यही क्षेत्रबाट एकीकृत समाजवादीका रामचन्द्र झाले १३ हजार ६ सय ५, जनता समाजवादी पार्टीका आनन्द यादवले १२ हजार ९ सय १, जनमत पार्टीका जयनारायण साहले ९ हजार ९ सय १ मत प्राप्त गरेका थिए ।

२०७९ मंसिर ९, शुक्रबार ०८:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय