
बर्दिबास । विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम) को महोत्तरी शाखा गठन भएको छ ।
महोत्तरीको बर्दिबासमा आज सोमबार सम्पन्न नेपाली भाषा साहित्यका श्रष्टाहरूको भेलाले साहित्य साधक उद्धव आचार्यको अध्यक्षतामा विनेसामको सात सदस्यीय महोत्तरी शाखा समिति गठन गरेको हो ।
गठित समितिमा शान्ता काफ्लेलाई उपाध्यक्ष, कमल साहलाई सचिब र सत्रुधन साहलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ । सुमन सारङ्गी ’संसार’ , दीपक साह र रविन यादव यश शाखाको सदस्य चयन हुनुभएको छ ।
भेलामा श्रष्टाहरूले आफू रचित कविता, गजल, मुक्तक र हाइकु वाचन गर्नु भएको थियो । विनेसाम नेपालका केन्द्रीय सल्लाहकार तथा ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहलाई कार्यक्रममा ’श्रष्टा सम्मान’ गरिएको थियो ।
कार्यक्रम विनेसाम मधेश प्रदेश शाखाका अध्यक्ष मणिराज दाहालको अध्यक्षतामा सम्पन्न भएको हो