काठमाडाैँ: विगत केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल मधेसी समुदायलाई लक्षित गरी अपमानजनक शब्द प्रयोग गरेको भिडियोप्रति मधेसी आयोगले कारवाहीको प्रक्रिया अगाडि बढाएको छ।

मधेसी समुदायका अगुवाहरूले आयोगमा सो उजुरी दिएपछि आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको निर्देशनमा आयोगले उजुरीलाई दर्ता गरी आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाएको हाे।

काठमाडाैँ महानगरपालिकाले सुकुम्बासी बस्तीलाई खाली गराउने कुराको विरोधमा उत्रेका केही व्यक्तिहरूले मेयर बालेन शाह र मधेसी समुदायलाई धोतीजस्ता होच्याउने र अपमानजनक शब्द प्रयोग गरेकाे भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ।

आयोगका अध्यक्ष डा. दत्तले आयोगले नेपाल प्रहरीलाई भिडियो माथि छानबिन गरी कारवाही गर्न पत्राचार गरेको जानकारी दिए।

समाजमा चेतनाको स्तर अझै पनि नबढेकोले गर्दा मधेसी समुदायले समय-समयमा यस्ता विभेदपूर्ण कुराहरुको सामना गर्नु परिरहेको उनकाे भनाइ छ।

उनले समुदायप्रति प्रहार नगर्न सबैलाई अनुरोधसमेत गरेका छन्।

२०७९ मंसिर १५, बिहीबार १८:४०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय