रौतहट : रौतहट जिल्लाको गौर नगरपालिका–५ स्थित बरहवा पुल इलाकाबाट मंसिर १४ गते सशस्त्र प्रहरीले ११ लाख ३९ हजार ८ सय नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गढीमाई नगरपालिका–४ संग्रामपुर बस्ने २९ वर्षीय राजुकुमार यादव र सोही नगरपालिका–९ बरियारपुर बस्ने ३३ वर्षीय राजेशप्रसाद यादव छन्।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बलले प्रदेश ३–०२–०१३ प ४९५६ नम्बरको मोटरसाइकलमा भारतबाट आउँदै गरेका उनीहरूको साथमा स्रोत नखुलेको उक्त रकम फेला पारेको हो।

बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले जनाएको छ।

२०७९ मंसिर १५, बिहीबार १९:०५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय