
महोत्तरी : मधेश प्रदेशका प्रदेश सांसद सरोज कुमार सिंह (कुश्वाहा) ले अब बन्ने सरकारमा मधेश प्रदेशका मुख्यमन्त्रीको दाबी गरेका छन् ।
महोत्तरी क्षेत्र नम्बर ४ (२) बाट विजयी भएका कुश्वाहाले शीर्ष नेताहरुसंग भेटेर मुख्यमन्त्रीको दाबीसहित लविङ थालेका छन् ।
यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट विजयी हासिल गरेर प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानून राज्य मन्त्री समेत भइसकेका कुश्वाहाले पहिलादेखि नै मुख्यमन्त्री बन्ने सोच बनाएका थियो ।
मधेश प्रदेशमा नेपाली कांग्रेस,नेकपा एमाले,जनमत र जनता समाजवादी पार्टीको गठबन्धन सरकार बनेपछि पहिलो चरणमा समाजवादीका कुश्वाहा मुख्यमन्त्री बन्ने भएको छ ।