नेपालवाणी / जनकपुरधाम ।
पोलमा मोटरसाइकल ठोक्किएर एक युवकको मृत्यु भएको छ ।
धनुषाको बिरेन्द्रबजार महिनाथपुर हुलाकी सडक खण्ड अन्तर्गत शहिद नगर गरपालिका ६ हठीपुरमा मोटरसाईकल पोलमा ठोक्किएर युवकको मृत्यु भएको जिल्ला प्रही कार्यालय धनुषाले जनाएको छ ।
मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका ८ हरिने बस्ने दुखी ठाकुरका छोरा २८ वर्षीय रामचन्द्र ठाकुर रहेको प्रहरीले जनाएको छ । बिहीबार बिहान निज सवार मधेश प्रदेश २–००६ प १८१९ नम्बरको मोटरसाइकल कलभर्टको पोलमा ठोकिएर दुर्घटना भएको हो । उनी गिद्धा देखि यदुकोहा तर्फ जाँदै थिए ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका ठाकुरलाई उपचारको लागि जनकपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।
मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

२०७९ पुष १४, बिहीबार १४:१५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय