
नेपालवाणी / जनकपुुरधाम
मधेश प्रदेशसभामा नेकपा माओवादी केन्द्रका समानुपातिक सांसद माला कुमारी कर्ण र मो. रजी हैदर शपथ लिनबाट बञ्चित भएका छन् ।
उनीहरु दुबैजना प्रदेशसभा सदस्यमा निर्वाचित भएको घोषणा गर्ने लगायतको बाँकी निर्णय र कामकारवाही कार्यान्वयन नगरी यथास्थितिमा राख्ने सर्वोच्च अदालतबाट निर्णय भएकोले शपथ ग्रहणबाट बञ्चित भएका हुन् ।
समानुपातिक सांसद माला कुमारी कर्ण र मो. रजी हैदर प्रदेशसभा सदस्यमा निर्वाचित भएको घोषणा गर्ने लगायतको बाँकी निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्ने सर्वोच्च अदालतबाट मंसिर २९ गते अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।
संवैधानिक सर्वोच्च अदालतले दुबै जनाको शपथग्रहण सम्बन्धी कार्य हाललाई स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।
सांसदद्वय मालाकुमारी कर्ण र मो. रजी हैदरलाई कलस्टर विवादका कारण सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ ।