नेपालावणी / जनकपुरधाम ।
मधेस प्रदेशको नेकपा एमाले संसदीय दलको नेतामा सरोज कुमार यादव चयन भएका छन् ।

बुधवार विहान जनकपुरधाममा बसेको पार्टी कमिटीको बैठकले यादवलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो । दलको उपनेतामा भने धनुषाका दिपेन्द्र ठाकुर चयन भएका हुन् ।

मंगलबार देखि जारी बैठकमा आकांक्षीहरु बढी भएको र दलको नेताका लागि सबैले आ–आफ्नै दाबी प्रस्तुत गरिरहँदा सहमति नजुटेपछि बुधवार बिहान पुनः बसेको बैठकबाट दलको नेतामा सहमति जुटेको बताइएको छ ।

नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहेका नेता यादव महोत्तरी क्षेत्र नं। ४ ९क० बाट निर्वाचित भएका हुन् । उपनेता ठाकुर भने धनुषा ३ ९ख० बाट निर्वाचित भएका हुन ।

दलको नेताका लागि रामचन्द्र मण्डल, हरिनारायण महतो, राजकुमार लेखी, शारदा देवी थापा लगायतकाहरु दाबेदार थिए ।

मधेस प्रदेश सभामा नेकपा एमालेका २३ जना सांसद निर्वाचित भएका छन् ।

२०७९ पुष २०, बुधबार १४:०६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय