
गोविन्द महतो / जनकपुरधाम
मधेश प्रदेशका मुख्यमन्त्री यादवसँगै ३ जना बिना विभागीय मन्त्रीले लिए शपथ लिएका छन् । देश र जनताको नाममा मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले पद तथा गोपनियताको शपथ लिएका हुन ।
नवनियुक्त मुख्यमन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । उनले भोजपुरी भाषामा शपथ लिएका हुन । मुख्यमन्त्री यादवसँगै अन्य तीन जना बिना विभागीय मन्त्रीहरुले पनि शपथ ग्रहण गरेका हुन् ।
मुख्यमन्त्री यादवसँगै नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादव, जनता समाजवादी पार्टीका संजय यादव र जनमत पार्टीका वसन्त कुशवाहाले मन्त्री पदको शपथ लिएका छन् ।
मन्त्रीहरु सञ्जय यादवले बज्जिका, सरोज यादवले मैथिली र बसन्त कुशवाहाले मधेशी भाषामा शपथ लिएका हुन् । तिनैजना मन्त्रीहरुले बिना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् ।
जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादव प्रदेशसभाका १० दल मध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । मधेश प्रदेशसभामा लोकतान्त्रिक समाजवादी पार्टीका पनि ९ जना सांसद छन् । लोसपाले पनि सरकारलाई समर्थन गरेसँगै मुख्यमन्त्री यादवले ७२ सांसदको साथ पाएका हुन् ।
मुख्यमन्त्री यादवलाई नेकपा एमालेका २३, जसपाका १६, जनमतका १३, लोकतान्त्रिक समाजवादी पार्टीका ९, माओवादीका ७, नेपाल संघीय समाजवादी पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १, स्वतन्त्र सांसदद्वय अनिरुद्ध सिंह र सुरिता साहले समर्थन गरेका छन् ।यहाँ माओवादीका ९ सांसद भएपनि २ जनाको शपथ रोकिएको छ ।
मधेश प्रदेशमा १० मन्त्रालय छन् । प्रदेशमा जसपा र जनमतले आलोपालो नेतृत्व गर्ने सहमति गरेका छन् । मधेशमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरेका छैनन् ।