जनकपुरधाम : मधेश प्रदेशको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन् । प्रदेशसभामा मंगलबार भएको मतदानमा एमालेका तर्फबाट उम्मेदवार बनेका मण्डल सभामुखमा निर्वाचित भएका हुन् । उनले ७४ मत प्राप्त गरेको प्रदेश सभाका ज्येष्ठ सदस्य गोविन्द न्यौपानेले बताए । नेपाली कांग्रेसका उम्मेदवार जङ्गिलाल राय यादवले २९ मत मात्रै ल्याएका थिए । मधेश प्रदेशमा १०७ कुल सदस्य संख्या मध्य १०३ उपस्थित रहेका थिए ।

को हुन सभामुख मण्डल ?

निर्वाचित नेता मण्डललाई मास्टर साहेव’ भनेर चिन्ने गरिन्छ । उनी आफू कक्षा १२ मा पढ्दै गर्दा कक्षा १२ कै विद्यार्थीहरूलाई पढाउने उनको अद्भूत शक्ति देखेर उनलाई सबैले ’मास्टर साहव’ भनेर बोलाउथे । जुन आजसम्म पनि कायम छ । जनयुद्धकालमा शिक्षक पेशामा आवद्ध भएका भएका कारण उनको सुपरिचित नाम मास्टर साहब’ रहेकाले सबैले उनलाई सोही नामले बोलाउने गरेका छन् । उनलाई सो क्षेत्रमा शिक्षाको ‘मर्यादापालक मास्टर साहेव’ भनेर समेत चिन्निछ ।

उनी बुवा परमेश्वर मण्डल र आमा नाम शितल्ली देवी मण्डलको कोखबाट २०३० साउन १७ गते धनुषाको परशुराम तलाउ (हाल मिथिलाविहारी नगरपालिका) धनुषामा जन्मेका हुन् । मण्डल न्यून मध्यमवर्गीय परिवारमा हुर्केका कारण सानैदेखि अन्याय अत्याचार तथा निमुखा तथा अन्याय अत्याचार विरुद्ध संघर्ष गर्दै आएका मण्डलले स्नातकोत्तर गरेका छन् ।

राजनीतिक यात्रा

२०४६ सालमा तत्कालीन नेकपा मालेको गाउँ कमिटीको सचिव भएका थिए । २०४७ अखिल नेपाल स्वतन्त्रता विद्यार्थी युनियन जिल्ला कमिटी सदस्य हुँदै काठमाडौ-धनुषा सम्पर्क मञ्चको सस्थापक अध्यक्ष भए ।

२०५४ देखि २०५९ सालसम्म शिक्षण पेशामा आवद्ध रहेका मण्डल माओवादी जनयुद्धको सुरुवातसँगै माओवादीको गतिविधिमा लागेका मण्डल २०५९ सालमा शिक्षक पेशा छाडेर नेकपा माओवादीमा प्रवेश गरी भूमिगत भए । अखिल नेपाल शिक्षक संगठनका संस्थापकका रुपमा कार्य जिम्मेवारी पूरा गर्दै मण्डल २०६३ सालमा नेकपा माओवादीको जिल्ला इन्चार्ज, २०६३ सालमा सेक्रेटरी, केन्द्रीय सदस्य, पोलिटब्यूरो सदस्य हुँदै सचिवालय सदस्य समेत भएका थिए ।

यसैगरी अन्तरिम सरकार गठनपश्चात् ग्रामीण आवास कम्पनीको महाप्रबन्धकमा नियुक्त भएका थिए । २०६४ सालमा महाप्रबन्धकबाट राजीनामा दिएर संविधानसभाको निर्वाचन भाग लिएका थिए । २०६५ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा जनकपुर क्षेत्र विकास परिषदका अध्यक्षको रुपमा कार्यभार सम्हालेका ण्मडल २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा मण्डल पहिलो र दोश्रो संविधानसभामा पराजित भएका थिए ।

२०७४ को प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित पछि संसदीय दलका नेता भएका थिए । वाम गठबन्धनबाट निर्वाचित भएका मण्डल एमाले र माओवादीको एकतापछि मधेश प्रदेशको प्राकृतिक श्रोत तथा वातावरण समितिका सभापति हुँदा नेकपाको विभाजनसँगै एमाले रोज्दा उनको सांसद पद गुमेको थियो । पुनः २०८९ सालको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा धनुषा क्षेत्र न १ (ख)बाट निर्वाचन जितेर सभामुखसम्मको यात्रा तय गरेका छन् ।

२०७९ माघ ३, मंगलवार २०:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय