काठमाडौं : मंगलबार दिउँसो संसद भवन अगाडी प्रेमप्रसाद आचार्यले आत्मदाहको प्रयास गरे । सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले देशमा गरिखाने अवस्था नभएकोले आफूले मृत्यु रोज्न खोजेको लेखेका छन् ।

आफूलाई युवा उद्यमी भन्दै ३६ वर्ष पार गर्दा पनि गरिएको कुनैपनि कामबाट केही उपलब्धि हासिल नभएको भन्दै असफलताको कथा लेखेको बताएका छन् ।

देशमा उद्यमदेखि विदेश जाँदासम्म भोगेका विषयवस्तु उल्लेख गर्दै उनले सरकार माथि थुप्रै प्रश्न समेत गरेका छन् ।

२०७९ माघ ११, बुधबार ०१:४९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय