गोविन्द महतो / जनकपुरधाम

मधेश प्रदेशमा मन्त्री र राज्यमन्त्री सपथ लिएको छ । नेकपा माओवादी केन्द्रबाट एक जना मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले सपथ ग्रहण गरेका हुन् । मधेश भवनमा आयोजित सपथ ग्रहण समारोहमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका सुनिता यादवलाई मन्त्री र रहबर अन्सारीलाई राज्यमन्त्रीको सपथ ग्रहण गरेका हुन् ।

मधेश प्रदेशमा माओवादी केन्द्रले सुरुमा दुई मन्त्रालय माग गरेपनि भागबण्डामा एक मन्त्रालय मात्र परेपछि सपथ ग्रहण रोकिएको थियो । प्रदेश प्रमुख हरिशंकर मिश्रले भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री सुनिता यादव र मु्ख्यमन्त्री सरोज कुमार यादवले राज्यमन्त्री रहबर अन्सारीलाई सपथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहण समारोहमा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, अन्य मन्त्रीहरु तथा मन्त्रालय सचिवहरुको समेत उपस्थिति रहेको थियो

को हुन् मन्त्री सुनिता ?

सुनिता जनयुद्धकालिन शहिद रामवृक्ष यादव ‘मास्टर साहब’की कान्छी छोरी हुन् । रामवृक्षको माओवादी जनयुद्धकालमा सेनाद्वारा हत्या गरिएको थियो । रामवृक्ष माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको समकक्षी समेत थिए ।

साथै सुनिताको परिवारमा दाजु शेखर यादव तथा श्रीमान डम्बर यादवले माओवादी जनयुद्धमा सहादत प्राप्त गरेको थियो । रामवृक्षको तीन छोरीहरु मध्ये बोधमाया, कल्याणी र सुनिता हाल पनि माओवादीमा सक्रिय राजनीतिमा छन् ।

को हुन् राज्यमन्त्री अन्सारी ?

पर्सा क्षेत्र नं. १ (क) बाट विजयी रहबर अन्सारी नेकपा माओवादी केन्द्रबाट केन्द्रिय सदस्य हुन् । सामाजिक सञ्जाल ट्विटर र फेसबुकको टाइमलाइनमा राजधानी जनकपुरधाम र वीरगञ्जसँगै जोडिएर आउने नाममा उनको नाम आउँछ ।

काठमाडौं महानगरपालिकाको निर्वाचनमा विजयी बालेन साह जस्तै अन्सारी समाजिक सञ्जालमा सक्रिय युवा पुस्ताले अन्सारी मन पराउँछन् । उमेरले ३५ कटेका, अनुहार र जिउडाल मिलेका युवा नेता रहबर वीरगञ्जको राजनीतिमा ‘छक्का–पञ्जा’ बुझेका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै विजयी भएका ‘ह्यान्डसम प्रदेशसभा सदस्य’ को उपमा समेत पाएका छन् ।

उनी २०७० को संविधानसभा निर्वाचन र स्थानीय तहको निर्वाचनमा २०७४ र २०७९ निर्वाचनमा पराजय बेहोरेका थिए । तर प्रदेश प्रतिनिधिसभाको निर्वाचन २०७९ मा सत्तारुढ गठबन्धनको तर्फबाट माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।

२०७९ माघ २४, मंगलवार १४:२६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय