
धनुषा : भारतबाट अवैध रुपमा नेपाल भित्र्याउदै गरेका १ लाख मुल्य बराबरको ब्रोइलर कुखुरा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ ।
आज विहान ७ बजेको समयमा धनुषाको विदेह न.पा. १- महिनाथपुर स्थित नेपाल भारतको सिमा नजिकै यस प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट स.प्र.ना.उ. मदन बहादुर धानुकको नेतृत्वमा महिनाथपुर स्थित नेपाल-भारत सीमा नजिकबाट अवैध रुपमा कुखुरा बोकि नेपाल भित्र्याउदै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
कुखुरा ४ वाटा मोटरसाइकलमा बोकी ल्याउदै गरेको र प्रहरीको टोली देखेपछि मोटरसाइकल चालक मोटरसाइकल र कुखुरा छाडेर फरार भएका थिए ।
नियन्त्रणमा लिएको उक्त कुखुरा खाल्डोमा पुरी नष्ट गरिएको छ भने मोटरसाइकललाई आवश्यक कारबाहीको लागी भन्सार कार्यालय जनकपुर पठाएको प्रहरी नायव उपरीक्षक धानुकले जनाएको छ ।