
नेपालवाणी / जनकपुरधाम ।
मधेश प्रदेश सरकारले १ सय ३६ वटै पालिकाको माटो परीक्षण गर्ने भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत रहेका माटो परीक्षण प्रयोगशालाको प्राविधिक टिमले घुम्ती शिविर मार्फत माटो परीक्षण गर्न लागेको हो ।
आवश्यकता अनुसार कुन–कुन मलखाद कति–कति मात्रामा प्रयोग गर्ने भन्ने किसानहरुलाई जानकारीका लागि माटो परीक्षण गर्न लागेको मन्त्रालयले जनाएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले प्राविधिक टोलिले प्रदेशका १ सय ३६ वटै पालिकामा घुम्ती शिविर मार्फत ३ दिनसम्म पालिकाको विभिन्न ठाउँको माटो जाँच गरिने जानकारी दिए ।
माटो परीक्षण कार्यक्रम पालिकाको समन्वयमा गर्नुपर्ने भएकोले पालिका प्रमुखहरलाई सहयोग गर्न मन्त्रालयले आग्रह समेत गरेको छ । मन्त्रालयले पूर्व निर्धारित कार्यक्रम अनुसार मधेशको सबै पालिकाहरुमा माटो परिक्षण शिविर सञ्चालन गरेको हो ।
मधेशको भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यी निम्न योजनाहरु अघि सारेको छ । जस अन्तर्गत माटो परिक्षणको काम भईरहेको मन्त्री ईन्जिनियर बसन्त कुशवाहाले जानकारी दिए ।
– मधेश प्रदेशको हरेक वार्ड (१,२७०) वडामा जैविक मलखाद उद्योग स्थापना गर्ने ।
– हरेक पालिका (१३६) मा साना कृषि बजार ब्यवस्थापन गर्ने ।
– हरेक निर्वाचन क्षेत्र (३२) मा ठुला कृषि बजार व्यवस्थापन गर्ने ।
– हरेक निर्वाचन क्षेत्र (३२) मा ५०० टन माथीको कोल्ड स्टोर स्थापना गर्ने ।
– हरेक निर्वाचन क्षेत्र (३२) मा कृषि औजार कस्टम हायरिंग सेण्टर गर्ने ।
– हरेक जिल्ला (८) मा कृषि पर्यटन का लागी पूर्वधार बिकास गर्ने ।
– हरेक जिल्ला (८) मा घुम्ती माटो परिक्षण शिविर गर्ने ।
– हरेक जिल्ला (८) मा घुम्ती भेटनरी एम्बुलेन्स सेवा गर्ने ।
– किसान कार्ड तथा किसान पेनशनको ब्यवस्थापन गर्ने ।
– सुलभ तथा सहुलियत ऋणको ब्यवस्थापन गर्ने ।
– वालीनाली तथा पशु पन्छीको बीमा गर्ने ।
– कृषि विद्युतीकरण, सिचाई तथा निःशुल्क कृषि मीटर जडान गरिने ।
– खेती प्रणालीलाई सेटेलाई डिजिटल सिस्टमसंग जोड़्ने ।
– मधेश प्रदेशका कृषि उत्पादनका लागी काठमाण्डौ उपत्यकाभित्र बजार क्षेत्र निर्माण गर्ने ।
कृषिमा देशलाई आत्मनिर्भर बनाउने दीर्घकालीन लक्ष्यका साथ संघीय, प्रदेश र स्थानीय सरकारसंग समन्वय गरी आगामी योजनाहरु परिचालन गर्ने तीनै तहको सरकारको समन्वयन रहने मन्त्री कुशवाहाले बताए ।