
बर्दिबास : व्यवसायी तथा समाजसेवी दिनेश कुमार महतोले सशस्त्र प्रहरी वेश क्याम्प नक्टाझिजलाई कार्यालय निर्माणका पाँच कठ्ठा जग्गा प्रदान गरेका छन् ।
ढल्केवर–महेन्द्रनगर–जनकपुर सडक खण्डस्थित धनुषाको मिथिला नगरपालिका–५ नक्टाझिजमा पर्ने जग्गा प्रदान गरिएको हो । जग्गाको बजार मूल्य अढाई करोड रहेको छ ।
शान्ति सुरक्षा, अमनचयनका लागि क्रियाशिल सशस्त्र प्रहरी बल नेपालको नक्टाझिजस्थित सुरक्षा बेस क्याम्पको कार्यालय निर्माणका लागि व्यवसायी तथा समाजसेवी महतोले जग्गा प्रदान गरेका हुन् ।
उनलाई १६ औं शसस्त्र प्रहरी वार्षिक उत्सव २०८० को अवसरमा सशस्त्र प्रहरी नायव महानिरिक्षक दिपेन्द्र साहले कदर पत्र प्रदान गरेर सम्मान गरेका छन् ।