जनकपुरधाम : संघीयता र प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन ७ वटै प्रदेश सरकार अग्रसर हुनुपर्नेमा मधेश र वागमति प्रदेश अग्रसर हुनुपर्ने बताएका हुन् ।

वागमति प्रदेशका सभामुख भुवन कुमार पाठक र मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले संघीयता र प्रदेश संरचनालाई अधिकार सम्पन्न बनाएर एक प्रदेशबाट अर्को प्रदेशले नमूना कामबाट सिकेर अर्को प्रदेशले सिक्नुपर्ने बताए ।

वागमति प्रदेशका सभामुख भुवन कुमार पाठक, उपसभामुख अपसरा चापागाई खत्री र सचिव कृष्णहरी खडका सहितको टोली मधेश प्रदेशसभाको अवलोकन तथा भ्रमणको क्रममा सभामुखद्वयले संघीयताको जननी मधेश प्रदेश भएकोले अधिकार प्रत्यायोजनका लागि मधेश सरकार अघि बढ्नुुपर्ने बताए । जनकपुरधाम स्थित प्रदेशसभा भवनमा आयोजित स्वागत एवं सम्मान कार्यक्रममा मधेश प्रदेशका सभामुख मण्डलले प्रदेश सरकारलाई चलयमान र वस्तुवादी तथा जनतानिष्ठ बनाउन आवश्यक रहेकोमा जोड दिए ।

उनले भने, ‘संघीयताको जननी मधेश प्रदेश हो, तर यो प्रदेशलाई अधिकारको लागि, अधिकार प्रत्यायोजनको लागि अन्य सरकार र प्रदेशसभाले समेत सघाउनुपर्छ । किनकी अधिकार प्रत्यायोजन भयो भने हामीेले अथवा अन्य प्रदेश वा कुनै एक प्रदेशले मात्र अधिकार पाउने हैन, अधिकार हरेक सरकार र प्रदेशसमाभामा निहित रहने कुरा हो त्यसैले हामीले संघीयताको लागि लडयौं, जनताको अधिकार प्राप्तिको लागि विभिन्न आन्दोलन गर्‍यौं । तर अब एउटा सरकारले अर्को सरकारसंग अधिकारको लागि संघर्ष गर्नुपर्ने बेला आएको छ ।’
सभामुख मण्डलले एउटा प्रदेशले गरेको वस्तुवादी र नमूना कामलाई अर्को प्रदेश सरकार वा कानून निर्माणको सवालमा अर्को प्रदेशले अनुशरण गरेर अघि बढनुपर्नेमा जोड दिए । उनले भने, ‘जुन संस्था फेल भैसकेको छ, त्यो संस्था ल्याउन फेरी केही यथास्थितिवादीहरु जुर्मुराउँदै छ, जसले संघीयताको मूल मर्म र संघीय लोकतान्त्रिक गणतन्तात्रमक संविधान उपर प्रश्न चिन्हको सवाल पैदा गर्नेलाई गरेर देखाउने तथा जनतामा संघीयताको मर्म र अधिकार जनतामा प्रत्याभुत गराउन आवश्यक छ ।’

वागमति प्रदेशका सभामुख भुवन कुमार पाठकले मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल तथा उपसभामुख बविता कुमारी राउत ईशरलाई औपचारिक रुपमा वागमति प्रदेशसभा भ्रमण तथा अवलोकनको निम्तो समेत दिए । उनले अवलोकन तथा अनुभव आदान प्रदानबाट राम्रो कामबाट अनुसरण गरेर अन्य प्रदेशमा समेत लागु गरेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘अधिकार सबैले माग्नुपर्ने विषय हो, तर हाम्रो अभिभावक भनेको मधेश प्रदेशबाट यहाँको अनुभव अनसरण गर्ने पनि हो, त्यसैले मधेश प्रदेशले गरेको हरेक काम, कर्तव्य र अधिकार अन्य प्रदेशले अनुसरण गर्ने भएकोले यहाँ यस मधेश प्रदेशले अन्य ६ प्रदेश भन्दा उत्कृष्ठ गरेर देखाउने चूनौती समेत रहेका छ ।’

अन्तरप्रदेशीय भ्रमणको क्रममा मधेश प्रदेशको तर्फबाट सभामुख रामचन्द्र मण्डल तथा बविता कुमारी राउत ईशरको तर्फबाट गम्छा, दोसल्ला र मायाको चिनो प्रदान गरेका थिए ।

२०८० बैशाख १५, शुक्रबार १८:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय