
काठमाडाैं : रास्वपाका अध्यक्ष रवि लामिछानेले बजेटले मुलुकको आर्थिक समस्या समाधान गर्न नसक्ने बताएका छन्।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानले आर्थिक समस्या समाधान गर्न नसक्ने र आय र व्ययको तालमेल नलिमेको हुनाले बजेटको विपक्षमा उभिएको जिकिर गरे।
उनले जनताले सरकारमा नवस्न सुझाव दिएकाले आफुहरु रचनात्मक प्रतिपक्षमा बसेको उल्लेख गरे। लामिछानले प्रतिपक्षमा बसे पनि सरकारको राम्रो कामको समर्थन र नराम्रा कामको विरोध गरिरहने जिकिर गरे।