जनकपुरधाम : मानो रोपेर मुरी फलाउने महिना अषाढ । अषाढ १५ अर्थात धान दिवस !

पछिल्ला वर्षहरुमा यस दिनलाई धान रोप्ने र हिलो खेल्ने दिवसकै रुपमा मनाउन थालिएको छ । यसपालिको असार १५ मा मधेश प्रदेशको बिभिन्न जिल्लाहरुमा संघसंस्था तथा सरकारी स्तरमा धान दिवसमा धेरै ठाउँमा धान रोपियो ।

मधेश प्रदेश स्थित अखिल नेपाल किसान महासंघ, धनुषाधाम नगर कमिटीद्वारा अयोजित धान रोपाई कार्यक्रममा मधेश प्रदेशका सभामुख मण्डलले खेतमा धान रोप्दै गरेको भेटिए । धनुषाको धनुषाधाम नगरपालिका ८ कुम्हरा टोल स्थित किसान महासंघले आयोजना गरेको कार्यक्रममा सभामुख मण्डल धान खेतमै परम्परागत शैलीमा धान रोप्दै गरेको भेटिए ।

मनसुनको आगमनसँगै कृषकहरु रोपाई गर्न ताजोपाँजो मिलाउने गर्छन् । असार भन्ने बित्तिकै कृषकहरुलाई खेतमा कुलो लगाउने पानी हुल्ने र रोपाईको चटारो हुन्छ । सभामुख मण्डलले भने, ‘अषाढमा मानो रोपेर मंसिरमा मुरी फलाउँछन् चिन्तनामा हुन्छन कृषकहरु । असार लागेसंगै किसानहरु मानो रोप्ने चटारो छ ।’ सभामुख मण्डलले कामको थकान महसुस हुन नदिन धान रोप्नेहरु असारे गित गाँउदै छुपुछुपु धान रोप्ने परम्परागत गीतहरु हराएपनि त्यसलाई अहिले जोगाउन आवश्यक रहेको बताए ।

सभामुख मण्डल सहित किसानहरुको समुहले करिब ५ कठ्ठा खेतमा धान रोपाई गरेको छ ।

 

२०८० असार १५, शुक्रबार १३:०१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय