
सर्लाही : जिल्लाको मलंगवा स्थित कृष्णा देवी जनता माध्यमिक विद्यालयमा आज विहान एक जना युवक मृत फेला परेको छ ।
पहचान खुल्न नसकेको अन्दाजी करिब २६ वर्षिय युवककाे मृत अवस्थामा फेला परेकाे छ ।
प्रहरीले दिएकाे जानकारी अनुसार लागूऔषधकाे अत्यधिक मात्रामा सेवन गरेको हुनाले निजकाे मृत्यु भएकाे हुनसक्ने प्रहरीको आशंका छ ।
घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
मृतक युवकलाई कसैले चिनेकाे छ, भने घरपरिवारलाई जानकारी गराई दिन प्रहरीले अनुराेध समेत गरेका छन् ।