नेपालवाणी / जनकपुरधाम

महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेणु कुमारी महतोले लाईभ कार्यपालिका बैठक हुनुपर्ने माग गर्दै बहिष्कार गरेको छ । गौशाला नगरपालिका बैठकको औपचारिक जानकारी नआएको तथा मोबाईल (विद्युतीय) माध्यम मार्फत जानकारी आएकोले सबै जनताले थाहा पाउने गरी लाईभ हुनुपर्ने माग सहित लाईभ नभए बैठक बहिष्कार गर्ने जनाएको हो ।

उपमेयर महतोले नगरपालिकाको हरेक विषयवस्तु आम जनताले जान्न पाउनुपर्ने अधिकार रहेकोले कार्यपालिका बैठकका हरेक निर्णय र पालिका बैठक समेत सञ्चालन गर्न माग गरेको हो । उनले भनिन, ‘नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० मा गरेको कामहरुको विवरण तथा खर्च विवरण समेत उपलब्ध नगराएको र कार्यपालिका बैठकको आडमा अनियमित कामहरु भित्रभित्रै गर्ने परिपाटी बढेकोले त्यसलाई रोक्न बैठक लाईभ गर्न आवश्यक छ ।’

उनले प्रेस विज्ञप्तिमा लेखेकी छिन, ‘असोज १२ गते बोलाईएको बैठकमा विभिन्न अमर्यादित, उत्छृङख्ल गतिविधि गर्ने मनसाय र नगरपालिकाबासीको मनोभावना विपरित रहेको हुँदा कार्यपालिका बैठक प्रत्यक्ष प्रसारण मार्फत गर्न जोडदार माग गर्दछु, अन्यथा बैठक नियमित रुपमा गर्ने जानकारी सम्पुर्ण आम जनसमुदायलाई विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छु ।’

गौशाला नगरपालिकाको मेयर र उपमेयर बीचमा अधिकारको विषयमा पटक पटक विवाद हुँदै आएको छ । उपमेयर महतोले संविधान प्रदतः अधिकार समेत मिचेर एकलौटी गर्न खोजेको आरोप लगाउँदै आएकी छिन् । यस अघिको कार्यपालिका बैठकमा दुवै पक्ष बीच झडप समेत भएको थियो ।

२०८० आश्विन ११, बिहीबार १७:१०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय