
काठमाडौं : पोखरा महानगरपालिका–१८ सराङ्कोटस्थित गोठादीमा गएराति पहिरोमा पुरिएर ५० वर्षीय टंकबहादुर थापा मगरको घर पुरिदा ५ जनामो मृत्यु भएको छ। पहिरोले पुरिएर घरमा पालेका ३-४ वटा बाख्रा पनि मरेका छन्।
पहिरोले पुरिएको घरमा पुग्दा टंकबहादुरका दाजु सोमबहादुर भाइको ढलेको घर नजिकै भाइको ढलेको घर हेरिरहेका थिए। यसैमा एउटा कुकुर पनि भत्केको घर हेरिरहन्थ्यो। घरी घरी सानो आवाजमा कराई रहन्थ्यो।
सोमबहादुरले भाइ टंकको कुकुर भएको सुनाए। ‘भाइलाई यसले एक छिन छोड्दैन थियो’, उनले भने, ‘भाइ वरपर हिँड्दा संगै हिड्थियो।’