गोविन्द महतो,

जनकपुरधाम : महर्षि जनकको पूण्यभूमि, माता जानकीको पवित्र जन्म स्थलको रुपमा परिचित जनकपुरधाम चाडबाडको समय थप उल्लासमय देखिन्छ । पर्यटकीय चहलपहल बढिरहँदा धार्मिक उत्सवहरुले शहरलाई थप गुल्जार बनाइरहेको छ । पौराणिक र ऐतिहासिक पर्यटकीय स्थलको रुपमा जानकी मन्दिर, राम मन्दिर, विवाह मण्डप, मणिमण्डप र स्वर्गद्वार जस्ता सम्पदा रहेको जनकपुरमा अहिले तिहारको रमझम देखिन्छ ।

मानिसहरु धार्मिक स्थलको दर्शनका साथै किनमेलमा व्यस्त छन् । साँझ अबेरसम्म नै बजार क्षेत्र चलायमान रहन्छ । बजारका व्यवसायीहरुले अरु सामानहरु भन्दा तिहारको लागि आवश्यक पर्ने सामानको व्यापार बढी भएको बताउँछन् ।

हिन्दुहरुको दोश्रो ठूलो चाड दिपावली तथा लक्ष्मीपुजाको किनमेलका लागि बजार क्षेत्रमा भिड लागेको छ । जनकपुरको मुख्य बजार क्षेत्र, भानुचोक, शिवचोक, जनकचोक, जानक मन्दिर, राम मन्दिर, पेठिया बजार, महाबीर चोक लगायतको क्षेत्रमा किनमेल गर्नेहरुको चहलपहल बढेको देखिन्छ । लक्ष्मीपुजामा आवश्यक सामग्री किनमेल गर्नका लागि बजार पुग्ने गरेका छन् जसका कारण मुख्य मुख्य बजार क्षेत्रमा चहलपहल बढ्दो मात्रमा छ ।

सधै भरि भिडभाड हुने राजधानी जनकपुरको मुख्य बजार क्षेत्रमा चाडबाडको बेलामा छिरिनसक्नु भिड हुने गर्दछ । घरयासी प्रयोजनको लागि सामान जस्तै भाँडा कुडा लत्ता कपडा, गरगहना सबै एकै ठाँउमा पाइने र बजार भएको कारणले पनि यो क्षेत्रमा बढी मात्रामा भिडभाड हुने गरेको व्यापारी अजय चौधरीको भनाई छ ।

खास गरी तिहारमा रिमझिम, फूलमाला, टिका, रङगोलिको लागि रङहरु सेलको लागि किसमिस, फलफुल, माटोका भाडाकुडा, लत्ताकपडा, सरसजाबटका सामानहरु बढि मात्रमा व्यापार हुने स्थानीय व्यापारी जय साहले बताए ।

२०८० कार्तिक २६, आईतवार १७:१२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय