ममता अर्याल,
बर्दिबास: महाेत्तरीकाे बर्दिबासमा नेपाली भाषा, साहित्यका साधक महाकवि लक्ष्मीप्रसाद देवकाेटाकाे सम्झना गरिएकाे छ । महाकवि दवकाेटाकाे ११५ औं जन्मजयन्तीका अवसरमा बृहत् साहित्य सञ्जाल मधेश प्रदेशले आयोजना गरेको साहित्यिक कार्यक्रममा उहाँकाे व्यक्तित्व र कृतित्वकाे चर्चा गरिएकाे हाे ।

कार्यक्रममा भाषा, साहित्यका साधकहरूले आआफ्ना रचना वाचनसँगै महाकवि देवकाेटाकाे साहित्यिक व्यक्तित्वमाथि प्रकाश पार्नुभयाे ।
कार्यक्रममा साहित्य साधक प्रेम घिमिरे, विपीराज दाहाल, गणेश अधिकारी, भीम राउत, रामचन्द्र पाैडेल र लिलानाथ गाैतमसहितले महाकवि देवकाेटाकाे व्यक्तित्वबारे प्रकाश पार्नुभयाे । त्यसैगरी साहित्य साधक नीलप्रसाद, पुरुष्वत्तम बराल र सञ्चारकर्मी बर्दिबास नगर पत्रकार सञ्जालका अध्यक्ष गाेपाल बराल लगायतले रचना प्रस्तुतीसँगै महाकविबारे धारणा राख्नुभयाे । कार्यक्रम नारायण घिमिरेकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

विक्रम सम्वत् १९६६ साल कात्तिक २७ गते त्यस वर्षकाे तिहार पर्वकाे लक्ष्मीपूजाका दिन देवकाेटाकाे जन्म काठमाण्डाैंकाे डिल्लीबजारमा भएकाे थियाे । पिता पं. तीलमाधव देवकाेटा र माता अमर राज्यलक्ष्मीका साहिंला छाेरा महाकवि देवकाेटाकाे निधन २०१६सालमा भएकाे थियाे ।
महाकविकाे जन्मजयन्ती प्रत्येक वर्ष लक्ष्मीपूजाका दिन विभिन्न कार्यक्रमबीच मनाइने गरिएकाे छ ।

२०८० कार्तिक २६, आईतवार १९:१६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय