गोबिन्द महतो / जनकपुरधाम
जनकपुरको बाह्रविघा मैदानमा वर्षातको बेला प्लाष्टिकको ओडारमा बसेका भारतीयहरु खुल्ला आकाशमुनी तीन महिना बिताईसकेका छन् । ‘हावाहुरी र पानी आएको बेला झनै दुर्दशन हुन्छ । केटाकेटी जाडो भयो भनेर रातभरी रुन्छन, कुन्द्रन सुन्न बाहेक हामी केही गर्न पनि सक्दैनौं । माथिबाट पानी प¥यो की प्लाष्टिकको ओडारमा पानी पस्छ, झन विशालु सर्प आउँछ । रातभरी छोराछोरीको रोइकराई सुनेर बस्नुपर्छ’, कृपाल भोसलले भने, ‘हामीसंग यहाँ न गाँस छ, न बाँस भए भएरको प्लाष्टिकको ओढार मात्र छ, कसैले दिए खान्छौं नदिए भोकभोकै बस्नुपर्छ, अन्य मानिसको आसमा अहिले सम्म भोकको सामना गर्दै बाँचिरहेका छौं, अहिले झन पानी पर्दा वर्षातको पानी र जमिनको पानीमै बस्न बाध्य छौं, रातमा सडक पेटी र दिनमा ओडारको साहारामा बाँचनुपरेको छ ।’

अषाढ महिनाको हावाहुरीसंगै पर्ने पानी र चर्को लाग्ने घाममा बाह्रविघा मैदानकको दक्षिण–पश्चिम कुनामा लहरै दशवटा अस्थायी प्लाष्टिकको ओडार छ । एउटै पण्डाल मुनी ६–७ जनाको दरले स–साना नानी देखि बयोबृद्ध र व्यस्क उकुस–मुकुस्स भएर प्लाष्टिकको ओडारको भरमा घाम–पानी र हावा–हुरी झेलिरहेको छ । ‘हामी बालबच्चाको पेटको लागि वर्षभरि भौतारिनुपर्छ, तर यो कोरोना आएदेखि कहिल्यै पेटभरी खान समेत पाईन, अझ लाउने त कुरै छोडौं ।’, उनले भने, ‘टन्टलापुर घाम छेक्ने सिँयाल छैन, माथिबाट पानी पर्दा र तलबाट पानी बेग आउँदा शीत र पानी रोक्ने ओत छैन, पेटमा पोसिलो खाना छैन, नुहाएर फेर्न नाना छैन, हामी यहाँ मर्नु सरह बाँचिरहेका छौं ।’
भारतको महाराष्ट्र प्रदेश अकौला जिल्लाका ८ घरपरिवार लकडाउनपछि जनकपुरमा अलपत्र परेका तीन महिना हुँदा समेत घर फर्किन पाएका छैनन् । खुल्ला आकाशमा दिन र रात गन्दै विताईरहेका छन् । माटोको गिलास, कप, प्लेट लगायतको खुद्रा व्यापार गरेर गुजारा गर्दै आएका घुमन्तेहरु लकडाउनले तीन महिना देखि ओढारको आशमा दिन र रात गुजार्नु परेको छ । प्लाष्टिकको ओडारमा ३ बच्चा र श्रीमती सहित बस्दै आएका राजकुमारले गाँस र बासको आशा नभएपछि प्लाष्टिकको ओढारको आशमा भोकभोकै बस्दै आएको सुनाए । उनले भने., ‘हाम्रो कोही छैन, जसरी पनि जीवन जिउनुछ, जेनतेन बाँचिरहेका छौं, हामी तीन महिना देखि भोकभोकै, पानी समेत नखाई कति रात काटनु परेको छ ।’
प्लाष्टिको ओडारमा वर्षात सहन कठिन भएको बताउँदै ५५ वर्षिय कैलाश भोषलेले पानी परेको दिनदेखि राति सडक पेटीमा र दिनमा ओडारमा गएर रात बिताउनुपर्ने बाध्यता सुनाए । उनले भने, ‘हामीलाई जीउँनु न बाँच्नु छ, रात त सडक पेटीमा बिताउँछौं, तर दिनमा आवत जावत हुन्छ, त्यहाँबाट फेरी पानीमै जानुपर्छ, हामी कहाँ जानु कसरी खानु, यहाँबाट हिडेर महाराष्ट्र सम्म जान सरकारले पनि हामीलाई हेरिदिएन ।’ तीन महिनादेखि राहत खाद्यान्नमा भरमा बाँच्दै आएको उनले भने, ‘ बजार कसरी जाउँ, किन्न पैसा छैन, दुईचार पैसा आउने व्यवसाय पनि ठप्प छ ।’
ओडारमा मुरही, चिउरा र नुन खादै भेटिएका राजकुमार वासुदेव फुवारको समस्या उनीहरु भन्दा फरक छैन् । घरमा तीन छोरील छोडेर व्यापारमा हिडेका फुवारले भने, ‘यत्रो कष्टकर समयमा घरमा छोरीहरु कस्तो होला, के भयो होला चिन्ता लागिराछ, छोरीहरु कसरी बस्छ, खान्छ की भोक्कै छ, मेले केही जान्न पाएको छैन, कतिबेला आफ्नो देश फर्कौ भैसक्यो तर कसरी जाने ? हिडेर जान महिनौं लाग्छ, फेरी हामीलाई भारत छिर्न पनि दिदैन ?’ बस्ने, खाने, देखि पिउने पानी सम्मको अभाव झेलिरहेका घुमन्तेहरुको जीवन अहिले ठप्प छ ।


ओढारको बाँस बसेकी रामकुमारी भोसलले भनिन, ‘तीन महिना देखि राम्ररी खान पाएको छैनौं, काम बन्द छ, खानलाई चामल, दाल छैन, हामी नर्क समान जीवन जिउँन बाध्य छौं, हावाहुरी आयो भने, ओडारै उडाएर लान्छ, कसरी बस्ने पानी परेको बेला आफु भन्दा छोरा छोरीको विजोग हुन्छ ।’ परिवारका सबै सदस्यसँगै ठाँउ–ठाउँमा घुमेर भाडा बर्तन बच्ने आएको कैलाश शोलङखेले भने, ‘पुर्खा देखि नै भाडावर्तनको कामबाटै जीवन गुजारा ग¥यौं, नेपाल फसेपछि त जीवन नै रोकियो जस्तो लाग्दैछ ।’

(जनकपुरधाम बाह्रविघा स्थित प्लाष्टिकको ओडारमा बसेकाहरुको विजोग ः गोबिन्द महतो)

२०७७ असार २९, सोमबार ०९:२६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय