ममता अर्याल,

बर्दिबास :  वैशाख शुक्ल त्रितीयाका दिन आज हिन्दू धर्मावलम्बी अक्षय त्रितीया पर्व मनाउँदैछन् । पर्वमा अत्यन्त पुष्टिवर्धक जाैकाे सातु र सख्खरकाे शीतल सर्वत पदयात्री (बटुवा) लाई ख्वाउने चलन छ । पर्वका अवसरमा आज महोत्तरीको बर्दिबासचाेकमा कैयाैंले सडकमै सातु , सर्वत ख्वाउने स्टल चलाएका छन् ।
हिन्दू मान्यतामा यस दिन सातु, सर्वत दान गर्नाले कहिल्यै नास नहुने पूण्य प्राप्त हुने विश्वास छ । पर्वका अवसरमा दाेबाटाे/ चाैबाटाेमै बसेर कतिपय श्रद्धालुले बाटाे हिड्ने बटुवालाई सातु, सर्वत ख्वाउँदै देखिएकाे छ ।
हिन्दू मान्यतामा यसै दिन शिव पार्वतीकाे  विवाह भएकाे मानिन्छ । यसैले यसदिन कुनै शुभकार्य गर्न साइत हेर्न नपर्ने हिन्दू कर्मकाण्डका ज्ञाता बताउँछन् ।

२०८१ बैशाख २८, शुक्रबार १४:३७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय