अनिल निराला,  जनकपुरधाम २८ जेठ।  जबर्जस्ती करणी अभियोगमा फरार भएका मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव रुपेशकुमार साह प्रहरीले प्रकाउ गरेका छन्।

गत वैशाख ७ गतेदेखि फरार भएका सिरहाको बरियारपटी गाउँपालिका–४ तेनुवापट्टी निवासी साहलाई  प्रहरीले प्रकाउ गरेका  छन्।  यद्दपी घटनाबारे अनुसन्धान जारी रहेको भन्दै प्रहरीले यसबारे केही बोल्न मानेको छैन ।

मधेशभवनस्थित रहेको सरकारी कर्मचारी क्वाटरमा गत माघ १८ गते राति साढे १० बजेतिर उपसचिव साहले ‘भगवानको प्रसाद’ भन्दै पेडामा नशालु पदार्थ मिसाएर खान दिएको र बेहोसभएपछि बलात्कार गरेको पीडित महिलाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । ‘त्यो राति मेरो श्रीमान् बाहिर जानुभएको थियो । प्रसाद खाएर अचेत भएपछि साहले करणी गरे,’ ,’ पीडित २०८० ०८१—२० पले प्रहरीमा दिएको उजुरीमा भनेकी छन्, ‘मुख्यमन्त्री कार्यालयमा सँगै काम गरिरहेकाले मेरो श्रीमानको साथीको नाताले रातको समयमा उपसचिव साह टेलिभिजन हेर्न पहिला पनि आउने–जाने गरिरहेका थिए । श्रीमान्‌को साथी र कार्यालयमा सिनियर भएकाले साहलाई सम्मान पनि गर्थे ।’ श्रीमान् घर (गाउँ) गएको मौका छोपेर पीडित महिला एक्लै भएको बेला राति साढे १० बजेतिर कोठामा प्रवेश गरी प्रसाद दिएपछि खाएको र बेहोस भएको ती महिलाको दावी छ । ‘होसमा आउँदा त मेरो सर्वस्व लुटिसकेको थियो,’ जाहेरीमा भनिएको छ ।

उपसचिव साहले जर्बजस्ती करणी गरेको भिडियो र तस्बिर देखाएर कयौंपटक करणी गरेको पीडित २०८० ०८१—२० पको दावी छ । ‘एसिड हालेर अनुहार बिगारिदिने र ज्यान मार्नेसम्मको धम्की दिन थालेपछि उसको ज्यादती सहन बाध्य भए जर्बजस्ती करणीले गर्भमा बच्चासमेत बसेको छ । त्यो बच्चा फाल्नुपर्‍यो भन्दै दबाब दिएपछि श्रीमान्‌लाई सबै जानकारी गराएँ । अनि, न्यायका लागि उजुरी गरेकी हुँ,’ ती महिलाले भनेकी छिन ।

धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता उनी फरार भएका थिए ।

२०८१ जेष्ठ २८, सोमबार १७:४२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय